लक्ष्मी निर्मलकाे ‘मायाकाे मिटर’ सार्वजनिक (भिडियाेसहित)

लाेकपाटी न्यूज

काठमाडौं, ४ असाेज। लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द/सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो हालै सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ र माष्टरिङ रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता र दर्शकमाझ ल्याएका छौं। आशा छ दर्शक स्रोताले मन पराई दिनु हुनेछ’, कोइरालाले भने ।

भिडियाे पनि हेर्नुस्ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्