महेश सिंह/सिरहा, ३ असाेज। सिरहाको लाहन नगरपालिका–३ बलान खोलास्थित बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त पुरुषको शव अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल भेटिएको हाे ।
ईलाका प्रहरी कार्यालय लाहनका डीएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको छ । उनले शव डिएनए टेस्टको लागि बाहिर पठाइएकाे बताए ।
शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहीँकतै गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने बताइएकाे छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लाहनले पाँच बजेतिर फेला पारेको प्रहरीले जनाएकाे छ।



लाेकपाटी न्यूज

