नेपालका संवैधानिक आयोगहरु कुन–कुन हुन् ?

Sambidhan
लाेकपाटी न्यूज

काठमाडौं। नेपालको संविधानले विभिन्न संवैधानिक आयोगहरुको व्यवस्था गरेको छ, ती आयोगहरुले स्वतन्त्र संवैधानिक निकायका रुपमा लक्षित क्षेत्र र समुदायका हितहरुको रक्षा, प्रवद्र्धन र विकास गर्दछन्।

२०७२ को संविधानपूर्व लोकसेवा आयोग, निर्वाचन आयोग, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोग मात्र थिए। तर, अहिलेको संविधानमा अन्य आयोगहरु पनि थपिएका छन्। थपिएकामध्ये राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग मौलिक आयोग हो।

यसका साथै महिला र दलित अधिकारका लागि पनि संवैधानिक आयोगको व्यवस्था गरिएको छ। संविधानमा व्यवस्था भएका संवैधानिक आयोगहरु यस प्रकार छन्।

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२. महालेखा परीक्षक
३. लोक सेवा आयोग
४. निर्वाचन आयोग
५. राष्ट्रिय मानव अधिकार आयोग
६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
७. राष्ट्रिय महिला आयोग
८. राष्ट्रिय दलित आयोग
९. राष्ट्रिय समावेशी आयोग
१०. आदिवासी जनजाति आयोग
११. मधेशी आयोग
१२. थारु आयोग
१३. मुस्लिम आयोग

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्