नेपालको राष्ट्रिय सुरक्षा परिषदमा को–को रहने व्यवस्था छ ?

nepal flag
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद संविधानले व्यवस्था गरेको राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन र परिमार्जनको प्रस्ताव गर्ने सर्वोच्च निकाय हो। यसले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखी राज्यका नीतिहरुको कार्यान्वयन गर्दछ।

नेपालको संविधानको भाग–२८ को धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषदसम्बन्धि व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषदमा तपसिल बमोजिमका सदस्यहरु रहन्छन् :–

१. प्रधानमन्त्री – अध्यक्ष
२. संघीय सरकारको रक्षामन्त्री – सदस्य
३. संघीय सरकारको गृहमन्त्री – सदस्य
४. संघीय सरकारको परराष्ट्रमन्त्री – सदस्य
५. संघीय सरकारको अर्थमन्त्री – सदस्य
६. संघीय सरकारको मूख्य सचिव – सदस्य
७. नेपाली सेनाको प्रधान सेनापति – सदस्य
८. संघीय सरकारको रक्षा सचिव – सदस्य सचिव

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्