२०७२ असोज ३ गते जारी भएको संविधान नेपालको इतिहासमै सबैभन्दा बढी जनमूखी र प्रगतिशील मानिन्छ। संविधानमा इतिहासमा पहिलोपटक ३२ वटा अधिकारलाई मौलिक हकको रुपमा मानिएको छ।
संविधानले आवासको अधिकारलाई समेत मौलिक हकका रुपमा लिपिवद्ध गरिएको छ। आवासको अधिकारलाई मौलिक हकका रुपमा लिपिवद्ध गरिएका विश्वका थोरै मुलूकहरुमध्ये नेपाल पनि पर्दछ।
ती मौलिक हक यस प्रकार छन् :–
१. सम्मानपूर्वक बाँच्न पाउने हक
२. स्वतन्त्रताको हक
३. समानताको हक
४. सञ्चारको हक
५. न्याय सम्बन्धी हक
६. अपराध पीडितको हक
७. यातना विरुद्धको हक
८. निवारक नजरबन्द्ध विरुद्धको हक
९. छुवाछुत तथा भेदभाव विरुद्धको हक
१०. सम्पत्तिको हक
११. धार्मिक स्वतन्त्रताको हक
१२. सूचनाको हक
१३. गोपनीयताको हक
१४. शोषण विरुद्धको हक
१५. स्वच्छ वातावरणको हक
१६. शिक्षा सम्बन्धी हक
१७. भाषा तथा संस्कृतिको हक
१८. रोजगारीको हक
१९. श्रमको हक
२०. स्वास्थ्य सम्बन्धी हक
२१. स्वास्थ्य सम्बन्धी हक
२२. खाद्य सम्बन्धी हक
२३. आवासको हक
२४. महिलाको हक
२५. बालबालिकाको हक
२६. दलितको हक
२७. ज्येष्ठ नागरिकको हक
२८. सामाजिक न्यायको हक
२९. सामाजिक सुरक्षाको हक
३०. उपभोक्ताको हक
३१. देश निकाला विरुद्धको हक
३२. संवैधानिक उपचारको हक



लाेकपाटी न्यूज

