२० प्रतिशतसम्म बढ्यो कर्मचारीको तलब

Toursum_Bord
लाेकपाटी न्यूज

काठमाडौं, ३१ भदौ। नेपाल पर्यटन बोर्डले आफ्ना कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरेको छ। भदौ १७ गते बसेको कार्यकारी समितिको बैठकले कर्मचारीको तलब वृद्धि गरेको हो।

समितिले निर्देशकको हकमा १८, प्रबन्धकको हकमा १९ र बाँकी कर्मचारीको २० प्रतिशतले तलब वृद्धि गरेको हो। समितिले करार कर्मचारीको हकमा १५ प्रतिशत र अन्य भत्ता, सुविधामा पनि अन्य तलब अनुसार नै वृद्धि गरेको छ।

आर्थिक बर्ष २०७६/०७७ को स्वीकृत बजेटमा कार्यान्वयन हुने गरी कार्यकारी समितिले तलब वृद्धि गर्ने निर्णय गरेको हो। सरकारले बजेट भाषणसँगै कर्मचारीको तलब बृद्धि गरेपछि बोर्डले पनि कर्मचारीको तलबमा वृद्धि गरेको स्रोतले जनायो।

२०५४ सालमा स्थापना भएको बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव अध्यक्षमा १४ सदस्यीय कार्यकारी समिति छ। बोर्डले सरकारलाई सहयोग पुर्‍याउने गरी पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्