काठमाडौं, ३१ भदौ। सातौं राष्ट्रिय विज्ञान दिवस मनाउन गठित मूल आयोजक समिति र उपसमितिहरुको आज संयुक्त बैठक बसेको छ । मूल आयोजक समितिका अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले विज्ञान दिवस मनाउन गरिएका कामहरुको बिषयमा समीक्षा र थप तयारीका लागी छलफल गरेको थियो ।
बैठकमा सहभागीहरुले विज्ञान दिवसका विषयमा आ–आफ्नो भनाई राखेका थिए । यसअघि सरकारी निकायले मात्रैं यो दिवस मनाउँदैं आएको भए पनि यस वर्षदेखि पहिलो पटक सरकारी, अर्धसरकारी, विभिन्न संघ/संस्था, अनुसन्धान प्रयोगशालाहरु लगायतका निकायहरुसँगको सहकार्यमा सामूहिक रुपमा यो दिवस भव्यताका साथ मनाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले जानकारी दिए।
राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा हुने विज्ञान दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । विज्ञान दिवसका दिन विज्ञान, प्रविधि तथा नव–प्रर्वतन सम्बन्धि वृत्तचित्र प्रस्तुती गरिने भएको छ भने Emerging Technology सम्बन्धी युवा वैज्ञानिकहरुको पनि प्रस्तुती रहने सहसचिव सुवेदीले जानकारी दिए । कार्यक्रममा विद्यालयबाट विज्ञान विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने १४ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरिने उनले बताए।
यस्तै लामो समयदेखि विज्ञान क्षेत्रमा कलम चलाउने २ जना पत्रकारलाई उत्कृष्ट विज्ञान पत्रकारिता पुरस्कारबाट पुरस्कृत पनि गरिने भएको छ । विज्ञान दिवसको अवसरमा भएको क्याम्पस तथा विद्यालयस्तरीय चित्रकला, निबन्ध, कविता र हाजिरीजवाफ प्रतियोगिताका विजयीहरुलाई पनि विज्ञान दिवस समारोहमा पुरस्कृत गरिने सहसचिव सुवेदीले जानकारी दिए।
विज्ञान दिवसको अवसरमा साप्ताहव्यापी विविध कार्यक्रमहरु भएको थियो । यस वर्षको विज्ञान दिवको नारा “विज्ञान प्रविधि र नव–प्रवर्तन : सामाजिक–आर्थिक रुपान्तरण” रहेको छ ।




लाेकपाटी न्यूज

