काठमाडौं, ३१ भदौ। बागलुङ गलकोट नगरपालिका ७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ।
कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए।
दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए। श्रीमती, एक छोरा र एक छोरी रहेका थापाको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ।



लाेकपाटी न्यूज