गहना लुट्न ६५ वर्षीया वृद्धाको हत्या, संलग्न ४ पक्राउ

Murder
लाेकपाटी न्यूज

चितवन, २६ भदाै। नवलपुरको गैंडाकोटमा एक वृद्धाको हत्या भएको छ । गैंडाकोट नगरपालिका–१५ स्थित मनकामना टोल निवासी ६५ वर्षीया वृद्धा भुमादेवी खत्रीको लुटेरा समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराहरुले गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका हुन् । खाना खाएर भाँडा माझ्दै गरेकी भूमालाई पछाडिबाट आएर हत्या गरी गरगहना लुटेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी उनी भान्सा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । खत्रीको टाउको, कान र अनुहारमा चोट लागेको छ भने आँखा फुटेको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ खिचापोखरी घर भइ हाल गैंडाकोट–१५ बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ जिल्ला रिसिङ घर भइ सोही ठाउँ बस्ने ४५ वर्षका बसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराल रहेका छन् । उनीहरुबारे अनुसन्धान अघि बढाइएको गैंडाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट केही गरगहनासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्