बेलौरी, २६ भदाै। ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक २० वर्षीय युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै गाउँकी एक ६ वर्षीया बालिकालाई कोठामा लगी धम्की दिएर जबरजस्ती करणी गरेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्राेतले जानकारी गराएकाे छ।



लाेकपाटी न्यूज

