काठमाडौं, २५ भदौ। प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूह तर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षकहरुको यही जेठ २६गतेदेखि ३१ गतेसम्म सञ्चालित भएको लिखित परीक्षाको परीक्षाफल सार्वजनिक भएको हो।
प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न गत फागुन ३१ गते प्रकाशित विज्ञापन अनुसार लिखित परीक्षाका उम्मेदवारहरुको नतिजा प्रकाशन गरिएको हो।
साथै, उर्तिण परीक्षार्थीहको यही भदौ ३० गते बिहान १० बजे नेपाल प्रहरी अस्पताल, महाराजगंज काठमाडौंमा विशेष स्वास्थ्य परीक्षण परीक्षा सञ्चालन हुने भएको छ। स्वास्थ्य परीक्षण परीक्षामा अनिवार्य सक्कली नागरिता, सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र साथमा लिई आधा घण्टा अगावै तोकिएको स्थानमा सम्र्पक राख्न सूचनामा उल्लेख गरिएको छ।
सूचना


















लाेकपाटी न्यूज

