काठमाडौं, २४ भदौ। प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति उनले आज सार्वजनिक गरेका हुन्। उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९१० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा ९१० को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरे। थापाले काठमाडौं, लमजुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाएका छन्।
थापाले श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन्। थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करिव १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गरेका छन्।
यस्तो छ थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणः








लाेकपाटी न्यूज

