महिला र पुरुष सांसदबीच चर्काचर्की, कस्तो बन्दैछ नागरिकता कसुरको सजाय ?

samsad
लाेकपाटी न्यूज

काठमाडौं, २४ भदौ। सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानून बन्न लागेको छ।

नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ ।

आमाले गरेको स्वघोषणा झुटा ठहरे ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने सजायको व्यवस्था विधेयकमा गरिएको छ ।

यही विषयलाई लिएर राज्य व्यवस्था समितिमा महिला र पुरुष सांसदबीच चर्काचर्की भएको छ। यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्