काठमाडौं, २३ भदौ। सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन।
निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो।
तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन। यो समाचार आजको नागरिक दैनिकमा छ ।


लाेकपाटी न्यूज

