साइबर सुरक्षासम्बन्धी निर्दे्शिका जारी गर्ने राष्ट्र बैंकको तयारी

central Bank
लाेकपाटी न्यूज

काठमाडौं, १७ भदौ। चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत् करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ।

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्दे्शिका जारी गर्ने तयारी सुरु गरेको छ। राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमूख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षासम्बन्धी निर्दे्शिका ल्याउनेछ। यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन्।