गृह मन्त्रालयले गर्‍यो २३ जिल्लाका सिडिओको सरुवा, काे कहाँ ? (सूचिसहित)

लाेकपाटी न्यूज

काठमाडाैं, १२ भदाै। गृह मन्त्रालयले विभिन्न जिल्ला प्रमूख जिल्ला अधिकारी (सिडिओ) सहित ३१ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं जिल्लाको सिडिओको पनि सरुवा गरेको छ । काठमाडौंको नयाँ सिडियोको रुपमा जनकराज दाहाल आएका छन् । उनी यसअघि झापाको सिडिओ थिए । काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले काठमाडौंका अतिरिक्त धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, मकवानपुर, काभ्रे, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बाँके, कास्की र धनकुटाका सिडिओको सरुवा गरेको छ । यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा भएको छ ।

सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमूख जिल्ला अधिकारी खटाइएको छ ।

हेर्नुहोस्, कुन जिल्लाका सिडिओ कहाँ सरुवा भए ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्