विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालन सम्बन्धि कार्यविधि पेश

लाेकपाटी न्यूज

काठमाडाैं, ११ भदाै। विद्युतीय सवारी साधनकाे प्रयाेगमा वृद्धि गर्न स्टेशनहरूकाे स्थापना र सञ्चालन सम्बन्धि कार्यविधि प्रतिवेदन पेश भएकाे छ। उक्त कार्यविधि निर्माणका लागि ऊर्जामन्त्री वर्षमान पुनकाे निर्णयमा २०७५।११।१३ मा बनेकाे समितिले आज साे कार्यविधि सम्बन्धिकाे प्रतिवेदन मन्त्रीसमक्ष पेश गरेकाे हाे।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा बनेको पाँच सदस्यीय उक्त समितिले विद्युतीय सवारी साधन चार्जिङ स्टेशन स्थापना तथा सञ्चालन सम्बन्धमा कार्यविधि बनाई आज ऊर्जामन्त्री पुनलाई सो प्रतिवेदन बुझाएको हो।

सममितिले सो प्रतिवेदनमा विद्युतीय सवारी चार्जिङ स्टेशनको सञ्चालनका सम्बन्धमा विभिन्न व्यवस्था हुनुपर्ने पनि सिफारिस गरेको छ। १२ बुँदामा समेटिएको सो कार्यविधिमा कस्ता कस्ता व्यवस्थाहरु सिफारिस गरिएको छ त ? यो सबैको चासोको विषय हो।

सरकारले पछिल्लो समय विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिँदै आएको भए पनि उपयुक्त कार्यविधिको अभावमा सो कुरा अपेक्षाअनुसार अगाडि बढ्न पाएको छैन। विद्युतीय सवारी प्रयोगसम्बन्धमा न्यूनतम् पूर्वाधारको मात्र विकास भए पनि विद्युतीय सवारीकाे प्रयोग बढ्ने समितिको निष्कर्ष अनुसार सो कार्यविधि तय भएको हो।

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्