जिल्ला प्रशासन चितवनद्वारा जारी निषेधाज्ञा फुकुवा

chitwan prasasan
लाेकपाटी न्यूज

चितवन, १० भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन दिएको आदेश मंगलबार फिर्ता लिएको छ।

सोमबार बिहान ६ बजेदेखी अर्को आदेश नआँदासम्मका लागि चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन जिल्ला प्रशासनले दिएको आदेश फुकुवा गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) बमोजिम मंगलबार प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी सूचनामा आदेश फुकुवा गरिएको जनाइएको छ।

पत्रकार रवि लामिछाने रिहाईको माग गर्दै भएको प्रदर्शनबाट अशान्ति र हुलदंगा हुन सक्ने देखिएकोभन्दै प्रशासनले चारकिल्ला तोकेर एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाईने आदेश जारी गरेको थियो।

सुरक्षा व्यवस्थामा चुनौति देखिन थालेपछि नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा कायम राख्ने उद्देश्यले आइतबार प्रशासनले यस्तो आदेश दिएको थियो।

Bharatpur

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्