नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत

prabhu-shah
लाेकपाटी न्यूज

काठमाडौं, १० भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ। नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गरेको थियो।

साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने भन्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

काम गर्न असहयोग भएको भन्दै केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष प्रदेश २ का अध्यक्ष साहले राजीनामा बुझाएका थिए। उनले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए।