चितवन, ९ भदौ । चितवनको कालिका नगरपालिकाको वडा नं ७ को कार्यालयमा आगजनी गरिएको छ। आइतबार राति सो घटना भएको र बिहान मात्र स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।
आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको छ । कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडीले कसले के कारणले आगलागी गरेको थााहा हुन नसकेको बताए। आइतबार पनि रत्ननगर १२ को वडा कार्यालयमा आगजनी गरिएको थियो।



लाेकपाटी न्यूज

