जिल्ला प्रशासन चितवनकाे निर्देशन : यी हुन् निषेधित क्षेत्र

Bharatpur
लाेकपाटी न्यूज

चितवन, ८ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाई गरेको छ। शान्ति सुरक्षालाई ध्यानमा राख्दै सोमबारदेखी जिल्लाको सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।

सोमबार बिहान ६ बजेदेखी अर्को आदेश नआँदासम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरिएको हो।

आइतबार राती बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।

सुरक्षा व्यवस्थामा चुनौति देखिन थालेपछि नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो आदेश गरिएको प्रमूख जिल्ला अधिकारी बस्नेतले बताए।3

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्