भक्तपुरमा माेटरसाइकल दुर्घटना, चालककाे मृत्यु

Accidents
लाेकपाटी न्यूज

भक्तपुर, ६ भदाै। । भक्तपुरकाे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते चालक मध्यपुरथिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रवीण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्