एनआरएन उपाध्यक्षमा धर्मराज अधिकारीद्वारा उम्मेदवारी घोषणा

dharmaraj adhikari
लाेकपाटी न्यूज

अस्ट्रेलिया, ६ भदाै‌ । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनअराएन) को विश्व सम्मेलनमा वर्तमान ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । नुवाकोटको तारुकामा जन्मिएर लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाउँदै आएका अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्।

एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा आफूले सफलतापूर्वक कार्य सम्पादन गरेको बताउँदै विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको अधिकारीकाे भनाई छ ।

उनले एकतामा नै बल हुन्छ र यसले नै एनआरएन अभियानलाई अघि लैजान्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आफूले लहडमा नभई एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि उम्मेदवारी दिने निर्णय गरेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको कुरा पनि उल्लेख गर्दै उपाध्यक्षका रुपमा विगतमा जस्तै सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्