डाक्टरले दिए सामूहिक राजीनामा

Rapti-Swasthya pic
लाेकपाटी न्यूज

घोराही, ६ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन्। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले राजीनामा दिएका हुन्।

उपकुलपति प्रा.डा. संगीता खड्काले आफूहरुलाई विभिन्न बाहनामा स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने, धम्की दिने लगायतका काम गरेको आरोप लगाउँदै उनीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिएकाहरुको सूचीमा २५ जनाको नाम लेखिए पनि २२ जनाले मात्र हस्ताक्षर गरेका छन्।

उपकुलपतिलाई नै सम्बोधन गरिएको राजीनामा पत्रमा लेखिएको छ, ‘चरम मानसिक पीडाको स्थिति सिर्जना भएको कारण हामी आज उप्रान्त कुनै पनि किसिमको चिकित्सकीय काम गर्न नसक्ने स्थिति भएको जानकारी गराउन चाहान्छौं ।

यसका साथै आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हामी सम्पूर्ण चिकित्सकले बाध्य भई सामूहिक राजीनामा दिएको कुरा जानकारी गराउँदछौं ।’

राजीनामा दिनेहरुको नामावली :

Rapti-Rajinama

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्