काठमाडौं । राहत सामग्री बाेकेकाे हलिकाेप्टर दुर्घटना हुँदा तीन जनकाे मृत्यु भएकाे छ। भारतकाे उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा साे दुर्घटना भएकाे हाे।
उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकोप्टर बुधबार दुर्घटना भएको हो । उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको एनडीटीभीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा हेलिकोप्टरका पाइलट कपताल लाल, को–पाइलट शहीलेह र एकजना स्थानीय राजपाल रहेका छन् ।
उनीहरु मोरीबाट मोल्दीतर्फ जाँदै थिए । उद्धारका लागि १० जनाको टोली घटनास्थल पुगिसकेको छ । राज्यमा केही दिन यता भारी वर्षासँगै चट्याङ्, पहिरो र बाढी आइरहेको छ । सयौं मानिसहरुले घर छोडेर भागेका छन् । साताको अन्त्यसम्म २० भन्दा बढी घर बगाइसकेको छ । – एजेन्सी


लाेकपाटी न्यूज

