काठमाडाैं । २०७० सालमा ‘मज्जा छुट्टै’ एल्बम सार्वजनिक गरिसकेका गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा परिचित नाम हो । हाल युरोपमा रहेका गायक अधिकारीले ७० साल यता सिंगल ट्रयाक निकाल्दै आइरहेका छन्।
करिब ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत, गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोरन्जन दिँदै आइरहेका छन्।
करिब २ वर्षको अन्तराल पछि उनी फेरि आफ्नो उत्कृष्ट अर्ग्यानिक टेस्टको गीत’ चौतारीको बर’ बोलको म्युजिक भिडियो लिएर दर्शक स्रोता माझ आएका छन्। यस गीतमा स्वर सन्तोष अधिकारीको रहेको छ भने लय संकलन चर्चित संगीतकार दिपक शर्माले गरेका छन्। गीतका शब्द सुमन बैरागी पण्डितले लेखेका हुन्।
रमाइलो डान्सिङ प्याट्रनको गीतमा सन्दिप क्षेत्री र समिक्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन्। चौतारीको बरको वरिपरि छायांकन गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएकाे छ।
भिडियाे हेर्नुस्ः



लाेकपाटी न्यूज

