पुडासैनी मृत्यु प्रकरण: अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ

chitwan
फाइल तस्विर
लाेकपाटी न्यूज

चितवन। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने लगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका छन् ।

भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मंगलबार पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका तीनै जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्