दाङ, ३ भदाै । दाङमा एउटा एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ५ रगैंचास्थित एनसेल टावरमा अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।
टावरको जेनेरेटर, व्याट्री, तार लगायतमा आगजनीबाट क्षति पुगेको प्रवक्ता शाहले बताए। हालसम्म टावरमा गरेको आगजनीको कसैले पनि आधिकारिक रूपमा जिम्मा भने लिएको छैन।
यद्यपि प्रहरीले सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले एनसेलमा टावरमा आगजनी गरेको आशंका व्यक्त गरेको छ।



लाेकपाटी न्यूज

