काठमाडाैं । हामी साँच्चै भेडा हौँ। हाम्रो विवेक छैन, सोच्ने क्षमता छैन। साँच्चै आफ्नो विवेकले कुनै कुरा सोच्दैनौँ, यसैले त हामी भेडा हौँ।
निर्मला पन्तको बलत्कार भयो, हत्या भयो। दबाबका बावजुत पुलिसले छानविन गर्यो । दिलिप विष्टलाई दोषी ठहर्यायो अनि मिडियाले भन्न थाल्यो प्रमाण नष्ट गरियो । निर्दोष, मानसिक रोगी र गरीबलाई पुलिसले फसायो। अनेक तर्क–वितर्क गर्न थाल्यो । दसौं पटक बहस भयो सिधा कुरामा । अंगुरबाबा जोसीले भिआईपिलाई बचाउन अनेक हतकण्ड मच्चायो । यही कुरामा हामी हो हो भन्यौं सोच्न सकेनौं कतै विष्ट नै पो हो कि विश्वास गर्न सकेनौं पुलिसलाई, किनकी हामी भेडा हौं । हाम्रो विवेक प्रयोग गर्न सक्ने दिमाग नै छैन। । केवल हल्लाको पछि लाग्छौं अनि भक्त पनि हौं अमुक भगवानको।
आज उही भगवानले विष्ट नै दोषी भन्न थाल्यो । पुलिस ठीक थिए विभिन्न तर्क दिन थाल्यो । हामी केही नसोची फेरि हो हो भन्न थल्यौं । फेरि सोच्नै सकेनौं कतै पहिला भने जस्तो दोषी लुकाइएको त छैन ? किनकी हामी भेडा हौं, हामीमा आफैं विचार गर्ने मस्तिष्क नै छैन । अनि कसैको भक्त हौं। भवगवानले बोलेको कहाँ गलत हुन्छ ?
हिजो अस्टमी गुरुङको आत्महत्या भयो। पछि मलाई मार्न बाध्य पारियो भन्ने भिडियो भेटियो । रवि त्यहाँ पुगेर रिपोर्टिङ गरे । उनै गुरुङले बोलेको आधारमा एउटा पत्रकारले उनको बयान लिए । मर्नु अगाडि बोलेको आधारमा आरोपित दोषी हो, कारवाही हुनुपर्छ भने, हामी सबैले हो भन्यौं । भिडियोमाथि कुनै शंका गरेनौं।
आज यस्तै काण्ड एउटा पत्रकारले आत्महत्या गरेका छन्। उनको भिडियो भेटिएको छ । आज त्यो भिडियोको आधारमा छनविन गर्न खोज्दा गर्न दिँदैनौं भिडियोमाथि शंका गर्छौं, मृतकमाथि शंका गर्छौं । किनकी हामी भेडा हौं, हामीलाई केही थाहा छैन । एउटै प्रकृतिको परिस्थितिमा पहिला छानविन हुनुपर्ने, अहिले छानविन गर्नै नहुने र ढुङामुडा गर्नुपर्ने ? किनकी हामी कसैको भक्त हौं, भगवानले गल्ति गरेको भएपनि त्यो गल्ति सर्वमान्य र हितकारी हुन्छ।
हो रविले र उनको टिमले गरेका कामले उत्पीडित र गरीब जनतालाई देवत्व नै प्रदान गरेका थिए । घुसखाेरी र भ्रष्टाचारीको भण्डाफोर गरेका थिए । कुनै कोणबाट गलत थिएनन्, गलत थिएनन् भन्दैमा कहिलै गलत गर्दैनन् ? अँह गर्दैनन्। किनकी हाम्रो मस्तिष्क नै छैन त्यति सम्म सोच्ने ।
हिजो नाकाबन्दीमा प्रधानमन्त्री भारतसँग झुकेनन् भनेर उहाँलाई यही मासले भगवान मानेको हैन ? हिजो बलत्कारीलाई फाँसी दिनुपर्छ भन्दा सावित्री सुबेदीलाई देवी मानेको हैन ? डाक्टर गोविन्द केसीलाई यही मासले भगवान मानेको हैन ? आज यही मासको नजरमा के.पी किन भ्रष्ट शासक भए, सावित्री सुवेदी आज यही मासको नजरमा किन पतित विवेकहीन भईन्, किन यही मासबाट गोविन्द केसी पतन भए ? किनकी हामी त्यतिबेला पनि भेडा थियौं ।अहिले पनि भेडा छौं । कसैले भगवान भन्दिए, भगवान नै देख्यौं । अहिले राक्षस भन्दिए, राक्षस नै देख्यौं । हामीमा मानवीय आँखा छैन न त मस्तिस्क नै । हामी त भेडा पो हौं भेडा।
अस्ति शालिकरामको दाहसंस्कारको दिन रविले कार्यक्रममा निर्मला पन्तको हत्या पत्ता लगाउन मासको दबाबले दिएन अंगुरबाबा जोसीको अगाडि साबित गरे । आज शालिकराम प्रकरणमा छानविन हुँदा मासको दबाब र ढुङ्गा मुडाले दोषीलाई करवाही गर्न मद्दत गर्छ कसरी ? किनकी हामी भेडा हौं । यो कुरा केही जान्दैनौं केवल जान्दछौं त भक्तले भगवानको सधैं सेवा गर्नुपर्छ र भगवानलाई पनि दानवले मार्न सक्छ । हामीमा यो विवेक छैन, यदि भगवान नै हुन् भने भगवानले दानवलाई सधैं जितेकै हुन्छ।
हामी शालिकरामको आत्महत्या होइन, हत्या हो भन्न पनि पछि पर्दैनौं । अझ हत्या नै हो भनेर विभिन्न तर्कबाट प्रमाणित गर्न पनि सक्छौं । किनकी यसमा हमीलाई हाम्रो भगवानको शक्ति छ । हत्या हो भने हत्यारा खोजियोस्, शालिकरामलाई न्याय दिलाईयोस् भन्ने हामी कसैलाई मतलव छैन । हत्या शालिकरामको भएको हामी आफै प्रमाणित गर्छौं, अनि न्याय रविको लागि मात्र माग्छौं । हिजो चितवनमा भेला भएका हजारौं मध्ये कसैले शालिकरामलाई न्याय दे भनेनन् । अझ यो पापी हो नर्क जान्छ भन्न पछि परेनन्। किनकी हामी मानव हाेइनौं, मानवता छैन हामीमा । हामी भेडा हौं । हामी विवेक प्रयोग गर्न सक्दैनौं, अरुले जे गर्छ त्यही हामी गर्छौं । यदि हत्या भएको भए हत्या भएको मान्छेलाई पहिला न्याय चाहिन्छ कि हत्याको बारेमा सोधपुछ गरिने मानिसलाई ? अहँ हामीलाई केही थाह छैन। किनकी हामी विवेक शून्य भेडा हौँ ।
हैन हामी मानव हौं भने, यी कुराकाे विचार गराैंः
– शालिकरामको मृत्यु भएको छ । रविको नाम लिएको छ उसलाई छनविनमा बोलाउन किन नहुने ?
– के रविलाई दोषी ठहराएकै छ र आन्दोलनमा ढुङ्गा मुडा गर्नु पर्ने ?
– के एक सहयात्रीको नाताले शालिकरामको मृत्यु प्रकरणमा रविले सहयोग गर्न नहुने ?
– के रवि गलत हुनै नहुने ?
– के दोषी रहेछ भने पनि उसका पहिलाका राम्रा काम हेरेर देवता नै मान्नु पर्ने ?
– के कुनै मानिसले दस जना बाढीले बगाएका मनिसलाई उद्दार गरेर ल्याएपछि घर आएर एक जनालाई छप्कायो भने नौ जनालाइ त बचायो भनेर उसलाई दण्ड नदिने ?
– रवि निर्दोष हो भने उसलाई निर्दोष प्रमाणित हुन दिने कि हिंसा फैलाएर उसलाई अझ फसाउने ?
– के छानविन नै नगरेर शालिकरामको केश त्यसै छोड्दिने ? वा सालिकरामले रविको नाम लिए छविलाई पक्रेर छानविन गर्ने ?
अब भिडियो माथिका कुरा
– भिडियोमा मार्ने धम्की दिएर खिचिएको भन्ने तर्क छन्। पूर्ण रुपमा होइन भन्न सक्दिन तर सालिकरामले भिडियोको सुरुमै सम्झना र आमा बुवासँग माफी माग्दै मर्ने आशय व्यक्त गरेका छ्न्। अनि भने पनि मर्ने अनि नभने पनि मर्ने अनि के को डर उनलाई ।
– अरुको हात देखिएको भन्ने तर्क छ, हत्या नै हो भने योजनाकारले हात देखिने र आफ्नो बोली सुनिने जस्ता प्रमाण छोडेर भिडियो लिए होलान् त ? निलो भित्ताको रङ देखिएको हुनसक्छ । किन भन्ने बोली भिडियो कट पज र रिज्युम गर्दा फरक आएको उनकै हुन सक्छ।
– नमस्ते कसरी गर्यो भन्ने तर्कमा अन्तिममा नमस्ते गर्न भन्दा अगाडि भिडियो हल्लेको छ उनले मिलाएर राख्दा हुनुपर्छ।
– यस्ता तर्क गरेर हामीले फैसला गर्न खोज्नु र भिडियो फेक हो भन्न खोज्नु मुर्खता होइन र ?
– भिडियो पूरा आएको छैन इडिट भएर आएको छ यसको । हो याे माग गर्नु पर्ने होइन कसरी आयो भिडियो ?अनि ज्वाला संग्रौलाबाट प्रसारित शालिकरामको र अस्मिताको म्यासेज बार्ता कसरी बाहिर आयो ? जुन अस्मिता आफैंलाई थाहा छैन भनेकी छन् । के उनको गोपनियताको कुरा हुदैन ?
– अन्याय भएको भए पहिलै किन नबोल्ने, गुरुपूर्णिमामा किन रविको फोटो हाल्ने भन्ने तर्क आउँछ ।
उनी मरिसक्दा त रविलाई जोड्नेले विवेकहीन भएर यत्रो रणसंग्राम मच्चाउनेहरुले शालिकरामले पहिला रविको खिलाव बोल्दा के हुन्छ पक्कै जानिसकेका थिए । उनको कुरा कसले विश्वास मान्थ्यो ?
लाग्छ अझ रविलाई रिजाउन समस्या समाधान गर्छन् भनेर विश्वास दिलाउन फोटो हालेर गुरु सम्झेको पनि हुन सक्दैनन् र ? । र कहीँ कतै आफू पनि फसेको, पारिवारिक विश्वास गुमेको र कतैबाट साथ नपाएर आत्महत्या रोजेको हुनसक्छ।
– ज्वाला सङ्रौलाले प्रसारित गरेका म्यासेज को स्क्रीनसटमा शालिकरामलाई जनवरीमा एक्टिभ देखाएको छ । के अहिले हेर्दा उनलाई जनवरिमा एक्टिभ देखाउँछ ? हैन भने ज्वाला संग्रौलाले किन गरिन् उनका म्यासेजको स्क्रिनसट उतिबेलै ? यी कुरा छानविनका कुरा हुन कि होइनन ? ज्वाला संग्रौलालाई समेत छानविन हुनुपर्छ कि ।
– एउटा पत्रकारको हत्या हुनु वा आत्महत्या गर्न बाध्य पारिनु ठूलो अन्याय हो या त्यसको छनविनमा कसैलाई समाइनु ठूलो अन्याय हो ? र हाम्रो प्रथामिकता पहिला कसलाई न्याय माग्नु हो ? यो पनि बुझिन्न भने हाम्रो कस्तो मानवता, कस्तो विवेकशिलता, अनि कसरी मानव ?
मैले भन्न खोजेको कुरा यहाँ रवि दोषी नै हो भन्ने कदापी होइन । निर्दोष छन् भने उनलाई निर्दष सावित गर्ने वातावरण हामीलै बिगार्नु हुँदैन । रवि दोषी नहोलान् तर शालिकराम अन्यायमा पक्कै परेका हुन्। उनले न्याय पाउनुपर्छ । दोषी जोसुकै होस्, उम्कन पाउनु हुँदैन । जसरी निर्मलाको दोषी चिन्न गह्रो भो, त्यस्तो वातावरण नबनोस्। यदि रवि नै हुन् भने उनलाइ नि कडा भन्दा कडा करबही होस् । जसरी पहिला हल्लाको आँखाले दैवी चरित्रमा देखिएका मानिसलाई अहिले राक्षसी चरित्रमा देखिएको छ, त्यसरी अहिले भगवान देखिएका मानिस पछि तपाईकै लागि राक्षस बन्न पनि सक्छन्।
त्यसैले आजैबाट हल्लाको आँखाले होइन, विवेकको आँखले हेरौं । मानवलाई मानवकै स्थानमा राखौं किनकी तपाईकै दैविकरणको कारण मानव दानव बन्न सक्छ। यो मेरो आफ्नो निजी विचार हो । यो कसैको प्रमाण बनाउन र कसैलाई दोषी र निर्दोष देखाउन लेखेको होइन।
साभारः मेघनाथ सुबेदी(#Meghanath_Subedi(Minus) काे फेसबुकबाट ।



लाेकपाटी न्यूज

