पानी छोएकोभन्दै कुटेको आरोपमा न्यौपाने पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

दैलेख, ३२ साउन। दैलेखको नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी दिए।

गएको वैशाख ११ गते न्यौपानेले लछिमा कामीलाई रावतडाँडामा रहेको सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भनेर कुटपिट गरेको घटनामा वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा दर्ता भएको थियो ।

आरोपित फरार भएको अवस्थामा प्रहरीले घटनाका आरोपित साक्षी र पीडितहरुलाई ‘विभेद भएको होइन’ भनेर साउन १४ गते बयान बदल्न वडाध्यक्ष लोकबहादुर थापा र नेता लोमन शर्माले दबाब दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्