सिडिओले गरे कर्मचारीसँग कार्यसम्पादन करार

लाेकपाटी न्यूज

रसुवा, ३० साउन। रसुवाकाे जिल्ला प्रशासन कार्यालयमा आज प्रमूख जिल्ला अधिकारी अर्जुन भण्डारी र सहायक प्रजिअ सपना कुमारी भट्टराईबीच कार्यसम्पादन सम्झाैता भएकाे छ।

प्रजिअ र सहायक प्रजिअद्वारा आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने ५ वटा क्षेत्र र ५० वटा कामहरूको पहिचान र वस्तुनिष्ठ वैज्ञानिक सुचकाङ्कसहित १०० पूर्णाङ्कलाई आधार मानी तयार गरिएको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हाे।

त्यस्तै शाखा प्रमूख नायब सुब्बास्तरदेखि सहायकस्तरसम्मका कर्मचारीलाई समेत कार्यसम्पादन पहिचान गरी बिहीबारदेखि ०७६/०७७ का लागी कार्यविवरण उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार अबदेखि चौमासिक रूपमा सबै कर्मचारीकाे कार्यसम्पादन सम्झौता र कार्यविवरण अनुसारको कार्य प्रगतिकाे लिखित मूल्यांकन गर्ने र पृष्ठपोषण उपलब्ध गराउने प्रणालीको विकास गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्