काठमाडौं, २९ साउन। सरकारले प्रतिबन्ध लगाएकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा सरकारी सवारी साधनमाथि प्रतिबन्ध लगाउने भएको छ। जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए।
यसैबीच, पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा शुद्धीकरण अभियान संचालन पनि थालिएको छ । शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी सदस्यहरुलाई करिब २ दर्जनमा झारिएको जिल्ला कमिटीले जनाएको छ ।



लाेकपाटी न्यूज

