खाल्डोमा डुबेर बलामी र तामाङको मृत्यु

dubnu
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

बेत्रावती, २८ साउन। बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका १ मा सोमबार दुईको मृत्यु भएको छ।

ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

नुवाकोटका प्रमूख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो।स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्