बोलबम गएका युवकको डुबेर मृत्यु

Death
लाेकपाटी न्यूज

काठमाडौं, २७ साउन। पौडी खेल्ने क्रममा सुन्दरीजलमा एक युवकको मृत्यु भएको छ। बोलबम मनाउनले क्रममा सुन्दरीजल पुगेका रामेछाप घर भएका तेन्जिङ तामाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार साथीहरुसँग समूहमा तेन्जिङ सुन्दरीजल पुगेका थिए। महनगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायव निरीक्षक अर्जुन गिरीले आइतबार राति ११ः३० बजे हामीलाई खबर आएको थियो ।

खोजी गर्ने क्रममा पौडी खेलेको ठाउँबाट करिव २ मिटर तल तेन्जिङको शव फेला परेको हो। साउन महिनाको अन्तिम सोमबारको अघिल्लो दिन भएकाले सुन्दरीजलमा आइतबार भक्तजनको ठूलो घुइँचो थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्