बेइजिङ, २७ साउन। आँधीका कारण पूर्वी चीनमा शक्तिशाली ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ। पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन्।
आँधीबाट अरु दर्जनौं मानिसहरु हराइरहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।त्यसबाहेक आँधीले गर्दा हवाई उडान, रेलसेवा र अरु यातायात सञ्चार र विद्युत सेवा प्रभावित भएको छ। झेजियाङ प्रान्तमा ३ घण्टाको अवधीमा १६० मिलिमिटर वर्षा भएको थियो। वर्षाका कारण जलसतह बढ्दा जनजीवन अस्तव्यस्त बनेको अधिकारीहरुले जनाएका छन्।
त्यस्तै, चीनको आर्थिक केन्द्र साङ्घाईमा पनि आँधीले नराम्रो क्षति पुर्याएको सिन्ह्वाले जनाएको छ।
आँधीबाट २ अर्ब ५५ करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक नोक्सानी भएको बताइएको छ।



लाेकपाटी न्यूज

