आज बकर इद : यस्तो छ यसको इतिहास र महत्व

eid6 pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ साउन। मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद सोमबार विश्वभर धुमधामका साथ मनाईंदै छ। बकर इद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो।

रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ। बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई, र तेस्रो भाग आफँै खाने धार्मिक मान्यता छ।बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन्।

यसैबीच मुस्लिम समुदायले इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन्।

बलिदानको कथा

यहुदी इसाई तथा इस्लाम तिनै धर्मका पैगंबर हजरत इब्राहीमले बलिदानीको जुन उदाहरण सारा दुनियाँको सामने राखेका थिए उसलाई आज पनि परम्परागत रुपमा याद गरिँदै आईएको छ। सो कथा अनुसार एक पटक आकाशवाणी भयो कि अल्लाहको रजाको लागि आफ्नो सबैभन्दा प्यारो चिनको बलिदान देओ।  तब हजरत इब्राहीमले सोचे कि मेरो लागि त मेरा बच्चाहरु नै सबैभन्दा प्यारा हुन्। उनले आफ्नो छोराको नै बलिदानी दिए। त्यही प्रेमको सम्मान गर्ने पर्व हो इद–उल–जोहा।

बलिदानीका जिम्मेवारी

कुर्बानीको अर्थ यो हो कि रक्षाको लागि सधैं तत्पर। हजरत मोहम्मदको आदेश यो थियो कि कुनैपनि व्यक्ति जुन परिवार समाज, शहर या मुलुकमा रहनेवाला छन्। त्यो व्यक्ति आफ्नो देश, समाज, परिवारको समेत समृद्धिको लागि जस्तो सुकै बलिदानी पनि दिन तयार रहेका छन्।

इद–उल–फितर जस्तै इद–उल–जोहा दुबै पर्वमा गरीवहरुको नै खास ख्याल राखिन्छ। यसको अर्थ इद–उल–जोहाको सामान यानिकि कुर्बानीको समानको तीन हिस्सामा विभाजन गरिन्छ। त्यो तीन हिस्सामध्ये एक हिस्सा आफ्नै लागि राखिन्छ। बाँकी दुई हिस्सामा समाजको लागि बाँड्नको लागि राखिएको हुन्छ त्यो त तुरुन्त बाँड्नुपर्ने हुन्छ।

उनीहरुको नियम अनुसार पहिले आफ्नो ऋण चुक्ता गर्नुपर्छ, त्यसपछि मात्रै हजमा जानुपर्छ। नियमले भन्छ कि पहिले आफ्नो ऋण चुक्ता गर्नुपर्छ अनि हज जानुपर्छ र मात्रै बकरइद मनाउनुपर्छ। यसको अर्थ यो हो कि उनीहरु समानको जिम्मेवारी तर्फ समेत सचेत छन्।

बकर इदमा बलिदानीको कस्तो महत्व रहेको छ ?

बकर इदको दिन कुर्बानको दिन हुन्छ। हामी सबैलाई जानकारी हुन्छ कि बकरीदको दिन बाख्राको बलिदान दिईन्छ। मुस्लिम समाजमा बाख्रा पालिन्छ र आफ्नो हैसियत अनुसार उसको रेखदेख पनि गरिन्छ। यसरी पालिएको बाख्रा जब ठूलो हुन्छ। त्यसपछि त्यसलाई बकरीदको दिन अल्लाहको नाममा बलिदान दिईन्छ । जसलाई नै फर्ज (ए) कुर्बान भनिन्छ ।

बकर इदको इतिहास

यसको पछि एक ऐतिहासिक तथ्य यो लुकेको छ। जसमा एउटा यस्तो कहानी छ जुन सुनेर दिल नै काप्न थाल्छ। हजरत इब्राहिमद्वारा अल्लाहको हुकुमलाई मानेर आफ्नो छोराको बलिदानी दिन तयार भएका थिए।

हजरत इब्राहिमलाई लाग्यो कि उनको सबैभन्दा प्रिय त उनको छोरा नै थियो त्यसैले उनले छोराको बलिदानी दिन तयार भए। उनले बलिदानी दिने समय आफूलाई कुनै दया आउन सक्छ। त्यसैले उनले आफ्नो आँखा छोपेर बलिदानी दिने जब आफ्नो काम सकेपछि उनले पट्टि खोले उनको आँखा अगाडि उनको छोरा त जिउँदै रहेको थियो। उक्त बेदीमा काटिएको अवस्थामा एउटा भेँडा देखियो। यही समयदेखि बकरीदमा बाख्रा वा भेँडाको बलिदिने चलन बस्न थाल्यो।

हजरत इब्राहिमलाई पैगंबरको रुपमा मान्ने गरिन्छ। उनले जुन त्याग र बलिदानीका उदाहरण विश्वलाई दिए त्यो एउटा अद्वीतीय रहेको छ। इस्लामको विश्वासको मुताविक अल्लाह हजरत इब्राहिमको परीक्षा लिन चाहन्थे। यसैको कारण बकर इदको सुरु भएको मानिन्छ ।

बकर इदको सत्य

यसको अलावा इस्लाममा हज गर्नु जिन्दगीको सबैभन्दा जरुरी भाग मानिन्छ। जब उनीहरु हज गरेर फर्किन्छन् तब बकरीदमा आफूलाई मनपर्ने कुरा बलिदान गर्नुपर्छ। बलिदानी दिनु पनि इस्लामिक धर्मको यो एक जरुरी हिस्सा यो हो कि जसको लागि एक बाख्रा पालिन्छ। दिनरात उसको ख्याल राख्नुपर्छ। उसलाई एकदमै मनपर्ने जनावरको रुपमा भावनाको विकास भईसकेपछि मात्रै उसलाई बलिदान दिनुपर्छ।(अन्तर्राष्ट्रय सञ्चारमाध्यमहरुको सहयोगमा)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्