काठमाडौं, २६ साउन। इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा (बकर इद)को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचार, सुख र शान्तिको अभिवृद्धिको कामना होस्।’उलने इद हर्षोल्लासकासाथ मनाउन आग्रह गरेका छन्।




लाेकपाटी न्यूज

