भोजपुर, २६ साउन। भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुवाहक बस पल्टिँदा सात जना घाइते भएका छन्।
मे १ ख ३१६४ नम्बरको गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत गुप्तेश्वर र सिद्धेश्वर सिमाना चप्पिरे खोलानजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए।घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि घाइते भएका ७ जनालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा झापा हल्दिवारी ५का वर्ष ३० का सहचालक अर्जुन लिम्बू र भोजपुर नगरपालिका ३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन्।
उनीहरुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ।घाइतेहरुमा भोजपुर नगरपालिका ३, का २४ वर्षीया मनीषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै इलाम घर भएका बस धनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र इलाम घर भएका चालक सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ। बसमा १२ जना यात्रु रहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
