तुलसीपुर, २६ साउन । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिबार राति करीव १२ः४५ को समयमा आगजनी भएको हो।
अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपाल प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बंगलाचुली गाउपालिका वडा नं.५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखिएको गाडीमा आगजनी भएको छ।



लाेकपाटी न्यूज

