काठमाडाैं । जम्मू काश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरिएपछि काश्मीरमा विशाल प्रदर्शन भएको छ ।
सरकारले सो क्षेत्रमा कर्फ्यू लगाए पनि कर्फ्यू तोडेरै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् । बेलायती समाचार संस्था बीबीसीले उक्त प्रदर्शनको भिडियो समेत सार्वजनिक गरेको छ ।
हाल सो क्षेत्रमा इन्टरनेट, टेलिफोन लगायतका सञ्चारसामग्री बन्द रहेका कारण त्यहाँ जारी गतिविधिबारे विस्तृत विवरण सार्वजनिक हुन सकेको छैन ।
प्रदर्शनकारीले भारतविरोधी नाराबाजी गरेको बताइएको छ । यद्यपि बीबीसीले भिडियो सार्वजनिक गर्दै त्यहाँ भएको प्रदर्शनमा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ । –एजेन्सी



लाेकपाटी न्यूज

