धादिङ, २५ साउन। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान धादिङको बेनीघाटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं पुगेको छ।
धादिङको सलाङघाटबाट त्रिशुली नदीमा बस खसेको थियो। मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन्। अर्का एक जना मृतकको भने सनाखत हुन सकेको छैन।
उनीहरु तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो। चितवनको जुगेडीमा एक मुग्लिङमा एक र देवघाटमा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी २ जनाको शव नवलपरासीमा भेटिएको प्रहरीले जनाएको छ। उनीहरुको पनि सनाखत हुन सकेको छैन। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बसमा ४५ जना सवार थिए।
जसमा बस चालक र दुई जना सहचालक रहेको प्रहरीले जनाएको छ। बिहान साँढे तीन बजे त्रिशुली नदीमा खसेको बसलाई क्रेनको मद्धतबाट नदीबाट निकालेर किनारमा ल्याइएको छ।
तर बसभित्र कोही पनि नभेटिएको प्रहरीले जनाएको छ। बसमा सवार २० यात्रु वेपत्ता रहेको समेत प्रहरीले जनाएको छ। दुर्घटनामा परेका मध्ये १६ जनाको उद्दार गरी काठमाडौं ल्याएर उपचार भइरहेको छ। बसमा सवार अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
बसका यात्रुको विवरण
बिष्णु गाउँपालिकाका खुश रंजन, शिवनगरका मोहम्म मतलुङ, अगर्वाका नविन कुमार महतो, लक्ष्मीपुरका मनिष रायसहित दुई जना , बेल्हीका राकेश राउत, भारतका मज्जफरपुरका आशिष कुमारसहित दुई जना, गम्हरियाका दिनेश ठाकुर, भारत पर्सा मोडका धीरेन्द्र शर्मा, औरहीका रबि कुमारसहित दुई जना, भारतका अररियाका दिलिप दाससहित दुई जना, मलंगवाका भुपेन्द्र कुमार, त्रिभुवनगरका राजनारायण गुप्तासहित चार जना, मलंगवाका संजिव चौधरी, मलंगवाका अरिबन्द सिंह, मलंगवाका अनिष राय, भारतका लरकवा रामबाबु यादवसहित चार जना, भारतका कुवारीका अजय ठाकुरसहित दुई जना, मलंगवाका रोहित मण्डल, मलंगवाका शमिम, मलंगवाका सुशिल श्रीवास्तव र अनिल, गणेशियाका भाग्य नारायण महतोसहित तीन जना, हरिपुरका योगेन्द्र चौधरी र अमित लामा रहेका छन्।



लाेकपाटी न्यूज

