महिला र बालकको शव फेला

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

तनहुँ, २५ साउन । तनहुँको देवघाट गाउँपालिका ५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ।

नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन। नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्