चितवन । चितवनको माडी नगरपालिका भौगोलिक, प्राकृतिक, ऐतिहासिक तथा धार्मिक रुपमा सम्पन्न मानिए पनि विकासका लागि सङ्घर्ष गरिरहेको नगर हो । तर, नगरपालिकाका जनप्रतिनिधिको पदबहाली भने विकासमा गति लिइरहेको छ ।
नगरपालिकाले विकासको मूल आधार कृषि तथा पर्यटनलाई मान्दै ‘सम्पदा सम्पन्न माडी नगर, ईको कृषि पर्यटनको सहर’ भन्ने नारालाई दिर्घकालिन लक्ष्य बनाई अगाडि बढिरहेको छ ।
नगरपालिकाले अहिले नगरको विकासका लागि कृषि तथा पशुपालन सम्बन्धि विभिन्न आकर्षक प्याकेजहरुलाई अघि बढाएको छ । जसअन्तर्गत कृत्रिम गर्भाधानद्वारा गाई भैंसी सुुत्केरी हुँदा प्रति पशु सुत्केरी भत्ता रु. १००० दिने, दुध बिक्रीमा प्रतिलिटर ३ रुपैँया अनुदान, पशुपंक्षी तथा कृषि बीमामा २० प्रतिशत अनुदान, अति विपन्न वर्गका किसानलाई ‘१ भाइ १ गाई’ अनुदान कार्यक्रम, मुटु, मृगौला तथा क्यान्सर रोगीका लागि रु २० हजार आर्थिक सहयोग, गर्भवती महिलालाई तीन पटकसम्म निःशूल्क भिडियो एक्स रे सेवा, व्यवसायिक कृषि तथा पशुपालनका लागि ४ प्रतिशत व्याजमा ऋण लगानी, नयाँ माछापोखरी निर्माण अनुदान लगायतका १५ वटा प्याकेजका कार्यक्रम लागु गरेको छ । जसबाट कृषक तथा सर्वसाधरण लाभान्वीत भएको माडी नगरपालिकाले जनाएको छ ।
नगरको विकासका लागि यस्ता प्याकेजले महत्वपूर्ण भूमिका खेल्ने भएकोले त्यहाँको वस्तुस्थितिलाई ध्यान दिँदै सोही प्रकारका कार्यक्रम नगरपालिकाले ल्याएकाे हाे।
यी हुन् नगरपालिकाले लागु गरेका आकर्षक प्याकेजहरुः




लाेकपाटी न्यूज

