वुद्ध सर्किटका लागि रामग्राम स्तुप महत्वपूर्ण : मन्त्री भट्टराई

yogesh ramgram
लाेकपाटी न्यूज

काठमाडाैं। नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले वुद्धको एक मात्र अस्तु धातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपको अवलोकन गरेका छन्।

वौद्ध सर्किटसँग जोडिएका विभिन्न स्थलको अवलोकनको क्रममा बिहीबार रामग्राम स्तुप आइपुगेका मन्त्री भट्टराईले सरकारले निर्माण गर्न लागेको वुद्ध सर्किट मध्येको महत्वपूर्ण स्थान रामग्राम स्तुप भएको बताउँदै यस्को विकासमा कुनै कसर बाँकी नराख्ने बताए।

स्तुपको ऐतिहासिक महत्व र वर्तमान अवस्थाबारे जानकारी लिएपछि मन्त्री भट्टराईले रामग्राम स्तुपमा कुनै पनि भौतिक संरचना निर्माण गर्दा यस्को एतिहासिकता र पुरातात्विक महत्वमा असर नपर्ने गरि निर्माण गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले समेत यस क्षेत्रको संरक्षणमा विशेष चासो दिएको बताउँदै उनले यस क्षेत्रलाई शान्ती क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए। ऐतिहासिक महत्व बोकेका स्थानको विकास समान्य ढंगले गर्न नहुने बताउँदै उनले दक्ष जनशक्तिद्धारा गहन अध्ययन हुनुपर्नेमा जोड दिए।

स्तुप क्षेत्रको विकासका लागि तीन तहका सरकारको आ–आप्mनै भूमिका भएको बताउँदै उनले मूख्य संरक्षणकर्ता स्थानीय सरकार हुनेतर्फ सचेत गराए। यस क्षेत्रका सबै जनप्रतिनिधि सरोकारवाला निकायसँग छलफल गरी सबैको सहमतिमा विकास निर्माणको काम अगाडि बढाइने मन्त्री भट्टराईको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्