नायिका सोनाक्षी सिन्हा पक्राउ

Sonakxi pic
लाेकपाटी न्यूज

एजेन्सी। बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेकी छिन्। सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष रहेको बताएकी छिन्।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ। तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु।’

सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन्। कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन्। भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन।

नायिकाले सोसल मिडियामार्फत् दिइन् स्पष्टिकरणः

सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन्। भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन। म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्