सुवास जमरकट्टेलले ल्याए ‘बाँच्न जति गाह्रो हुन्छ’

लाेकपाटी न्यूज

काठमाडौं, २० साउन । कवि तथा गजलकार सुवास जमरकट्टेलकाे ‘बाँच्न जति गाह्रो हुन्छ’ गीत बजारमा ल्याएका छन् । गीत बजारमा ल्याएसँगै चोट र पीँडालाई शब्दमा उतार्ने जमरकट्टेलकाे परिचय पनि थपिएकाे छ ।

एक दशकदेखि नेपाली साहित्य आकाशमा गजल, कविता तथा मुक्तक लेख्दै आएका जमरकट्टेल यस गीतसँगै गीतकारका रुपमा पनि परिचित बनेका छन् । प्रतिभावान् क्षमता भएकाे उनी २०७५ पौष १८ गते सडक दुर्घटनामा परि मेरुदण्ड पक्षघात भई ४ महिना हस्पिटलको बेडमा रहे । सोही समयमा आफूलाई लागेको चोट र पीँडालाई सहन गर्दै उनले लेखेकोे मार्मिक शब्द “बाँच्न जति गाह्रो हुन्छ “ बोलको गीतको सम्पूर्ण तयारी सकिएको छ ।

गीतमा चर्चित संगीतकार विकास चौधरीले संगीत भरेका छन् भने लोकप्रिय गायक प्रथम नेपाली तारा दिपक लिम्बुले स्वार दिएका छन् ।

उक्त गीतको म्युजिक भिडियो मुभि फ्याक्ट्रीको सहकार्यमा गौतम क्रियसनको व्यानरमा प्रस्तुत भएको छ । बि बि फुयाल र बाबुराम थापाको उत्पादन र प्रकाशन रहेकोे उक्त म्युजिक भिडियोमा चर्चित मोडल शाहिल खान र सायशा बास्ताकोटिको मुख्य भूमिका रहेको छ । भिडियाेमा डा. मनोज यादव, पोख्रेल प्रविन, थेरापिष्ट रमेश खड्का लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

विज्ञान राईले निर्देशन गरेकाे भिडियोको क्रियटिभ डाईरेक्टर एल एन गौतम र छायाङ्कार नवराज उप्रेति हुन् । गीतकार सुवास जमरकट्टेलले हस्पिटलको बेडमा हुँदै लेखेकाे गीत एकदमै मार्मिक रहेकाे बताइएकाे छ । भिडियोमा दुर्घटना पछि उनले भोगेको नियति र उपचारमा देखिएका दृष्यहरुलाई सकेसम्म जस्ताको तस्तै उतार्न खोजिएको हुनाले गीत समग्रमा निकै उत्कृष्ट भएको उत्पादक बिबि फुयालले जानकारी दिए ।

वास्तविक घटनामा आधारित शब्द तथा अभिनय रहेको म्युजिक भिडियोमा प्रयोग भएका शब्दहरु निकै मौलिक र उत्कृष्ट रहेका छन् । म्युजिक भिडियो एक कार्यक्रमका बिच विमोचन र प्रदर्शन गरिने र तत्पश्चात बुढा सुब्बा युटुव च्यानल मार्फत हेर्न सकिने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्