नायिका सोनाक्षी सिन्हाको पुत्ला दहन

sonakshi sinha
लाेकपाटी न्यूज

काठमाडौं, २० साउन। कम समयमा लोकप्रिय बनेकी नायिका हुन् सोनाक्षी सिन्हा। कमै मात्रामा बिवादमा आउँने सोनाक्षी दबंगबाट फिल्मी करिअरमा चम्किएकी हुन्। यतिबेला खासै उत्साहजनक छैन।

उनले आइतबार दिएको एक अन्तरवार्ताको कारण आक्रोसित समुदायले उनको पुत्ला नै दहन गरेका छन्। सोनाक्षीले वाल्मीकि समाजबारे नकरात्मक टिप्पणी गरेपछि आक्रोसितहरुले उनको पुत्ला दहन गरेका हुन्। यता सोनाक्षीले भने आफूले अञ्जानमा त्यस्तो अभिव्यक्ति दिएको भन्दै क्षमा मागेकी छिन्।

उनले ट्वीटरमा लेखेकी छिन् “२३ जुलाई मा सिद्धार्थ कननसँग भएको अन्तरावर्तामा म सुनिश्चित गर्न चाहान्छु की वाल्मीकि समाजप्रति अत्यन्त आदर छ र समाज तथा देशको स्वतन्त्रतामा लेखेको योगदानमाथि पनि मलाई गर्व छ”। उनी अगाडी लेख्छिन् “मैले अन्जानमा बोलेको शब्दले कसैको अथवा समाज या समूहको भावनामा ठेस पुगेको छ भने म नम्रतापूर्वक क्षमा माग्छु। विश्वास दिन चाहान्छु की मेरो उदेश्य त्यस्तो थिएन”। तर आक्रोसित समूदायले उनीबिरुद्ध मुद्धा नै दायर गर्ने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्