एनसेल टावरमा आगजनी गर्ने विप्लव नेकपाका लामिछाने पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

पर्वत, २० साउन । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका ५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो।

टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो। आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो।