‘टिकटक’ ले आफ्नै स्मार्टफोन ल्याउँदै, बजारमा कस्तो प्रभाव पार्ला ?

tik tok
लाेकपाटी न्यूज

काठमाडौं, १९ साउन। टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको छ। भिडियो शेयरिङ एप टिकटकको शानदार प्रदर्शन पछि टिकटक बनाउने कम्पनी स्मार्टफोन बजारमा प्रवेश गर्ने भएको हो।

वर्तमान अवस्थामा ५० करोड प्रयोगकर्तासँगै सबैभन्दा तीव्र गतिमा प्रयोगकर्ता आकर्षित गरिरहेको टिकटक निर्माण गर्ने कम्पनी बाइट डान्सले आफ्नै ब्राण्डको स्मार्टफोन बजारमा ल्याउने भएको हो। १५ सेकेण्डको भिडियो पोस्ट गरिने टिकटकमा अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ।

बाइटडान्ससँग टिकटकका अलावा अन्य केही भिडियो तथा समाचारमा आधारित एपहरुको पनि स्वामित्व रहेको छ।  त्यसमा स्लेक, फ्लिपचार्ट, टोटिओ लगायतका रहेका छन्। तर ती मध्ये सबैभन्दा लोकप्रिय टिकटक ने रहेको छ। चीनको आर्थिक पत्रिका केजिंगका अनुसार बाइटडान्सको नयाँ मोबाइल फोन ७ महिना भित्रमा आउन सक्नेछ।

यद्यपि एपको बजारमा लोकप्रिय भएपछि स्मार्टफोन बजारमा हाम फाल्ने बाइट डान्स पहिलो कम्पनी होइन। सन् २०१३ मा चीनको सेल्फी एप बनाउने कम्पनी मितु पनि स्मार्टफोनको दुनियामा प्रवेश गरेको थियो। मितुको फोनलाई चिनिया सोसल मिडियामा उतकृष्ट क्यामरा तथा तेज अटोफोकससँगै आर्टिफिसियल इन्टेलिजेन्सका लागि निकै उत्तम क्यामेरा मानिन्छ।

चिनियाँ बजारमा अहिले नै कैयन स्मार्टफोन कम्पनीहरु छन् र टिकटकवाला कम्पनीको आगमनले चिनिया स्मार्टफोन बजारमा कस्तो प्रभाव पार्ला ? भन्ने अनुमान गर्न मुस्किल रहेको बताइएको छ। विद्यमान अवस्थामा कुनेप्नि नयाँ कम्पनीका लागि स्मार्टफोन बजारमा उत्रिएर आफ्नो ठाउँ बनाउनु निकै मुस्किल छ।

अहिले एप्पल, सामसुङ तथा हुवावे जस्ता कम्पनीहरुको स्मार्टफोन बजारमा प्रभुत्व रहेको छ। विश्लेषकहरुका अनुसार स्मार्टफोन बजारमा नयाँ कम्पनीहरु आउने बेला निकै चर्चा हुन्छ । तर केही समयपछि भने ती उत्पादनहरु बजारबाट गायब हुन्छन्। फेसबुक, गुगल तथा अमेजन जस्ता ठूला ठूला कम्पनीहरुले पनि प्रविधिको दुनियामा आफ्नो कदम राखिसकेका छन्।

सोसल मिडिया एप सुरु गर्ने कम्पनी फेसबुकसँग अहिले ह्वाट्सएप तथा इन्स्टाग्राम जस्ता दुई ठूला कम्पनीहरु रहेका छन्। यद्यपि फेसबुकले आफ्नो एन्ड्रोइड लञ्चर एप ल्याएको थियो। तर त्यो सफल हुन सकेन।

त्यस्तै गुगल कम्पनीले गुगल पिक्सेल स्मार्टफोन ल्यायो, जसमा उसले सफलता पनि प्राप्त गर्यो। तर सोसल नेटवर्किङ सर्भिसमा गुगल प्लसले असफलता बेहोर्नुपर्यो। त्यस्तै अमेजन कम्पनीको ट्याबलेट तथा इ रिडर्सलाई त मानिसहरुले मन पराए। तर अमेजनकै किन्डल फायरलाई प्रयोगकर्ताले रुचाएनन्। बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्