युवा संघका नेता पौडेल हत्यामा संलग्न चौधरी पक्राउ

लाेकपाटी न्यूज

बुटवल, १७ साउन । रुपन्देहीको देवदहमा युवा संघका नेता बलु पौडेलको डेढ बर्ष अघि गोली हानी हत्या गरेको अरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ओमप्रकाश चौधरीलाई पक्राउ गरेको हो ।

हत्याका मुख्य योजनाकार मनोज पुन प्रहरीसँगको इन्काउन्टरमा मारिए पनि उक्त अपराधको ब्यवस्थापन गर्ने कार्यमा ओमप्रकाशको संलग्नता रहेको प्रहरीले प्रहरीले जनाएकाे छ । ओमप्रकाश बलु पौडेलको हत्याको योजना बनाउने र हतियारको ब्यवस्थापन गर्ने कार्यमा संलग्न रहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले बताए ।

यसका साथै चौधरीले रुपन्देहीको तिलोत्तमका रमेश चौधरी लगायतलाई समेत लुटपाट गरी फरार थिए । तिलोत्तमा नगरपालिका करुवानी बस्ने रमेश चौधरी लगायतसँग आफूसँग १७ तोला सुनका गहना भएको र उक्त गहना बेचबिखन गर्नुपर्ने भन्दै सम्मरी माई गाउँपालिका थुमुवामा बोलाई आफ्नो साथमा रहेको नगद १० लाख रुपैयाँ समेत लुटेर लगेको भन्दै पीडितले जाहेरी दिएका थिए । सोही आधारमा खोज्दै जाँदा ओमप्रकाश पक्राउ परेको प्रहरीले जनाएको छ ।

चौधरीले २०६५ सालमा रुपन्देहीकै व्यवसायी शरदमान श्रेष्ठलाई अपहरण गरी बन्धक बनाएर लुटपाट गर्ने प्रयत्न गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्